महालक्ष्मी विकास बैंकद्धारा मृतकका परिवारलाई ७ लाख रुपैयाँ सहयोग

  २०७५ असार ३ गते १४:०२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मृतकका परिवारलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले तुलसीपुर शाखामा कार्यरत किसोरकुमार बडुको असामयिक निधन भएकोमा बडुको परिवारलाई सो मात्राको रकम सहयोग गरेको हो ।

बैंकले गत जेठ ३० गते बैतडी शाखामा आयोजित एक कार्यक्रमबीच शोक सन्तप्त परिवारलाई उक्त रकम प्रदान गरेको हो ।  सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका थिए । उक्त रकमको चेकहरु स्व. बडुका पिता जनकबहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरेका हुन् ।

संस्थाका कर्मचारी बडुको २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.