यूनाईटेड इन्स्योरेन्सको कामु सीईओमा रमेशकुमार भट्टराई

  २०७५ असार ३ गते १३:२६     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।

असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेनसका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो ।

इन्स्योरेन्सको पूर्व सीईओ शेखर बरालको राजिनामा पश्चात कम्पनीले असार ४ गते(भोलि)देखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको हो ।

साथै, रिक्त हुन आएको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि नवनियुक्त भट्टराईले कम्पनीको कामु सीईको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.