एनआईसी एशिया र सेन्चुरी बैंकले ज्योति रेमिट सेवा सञ्चालन गर्ने

  २०७५ असार १ गते १५:२१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले एनआईसी एशिया बैंक र सेन्चुरी बैंकसँग रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौता पश्चात एनआईसी एशिया र सेन्चुरी बैंकका सबै शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन र भक्तानी गर्न सकिने छ ।

ज्योति बिकास बैंक र एनआईसी एशिया बैंकबीच हालै सम्झौता भएको हो । सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमूख बलदेव थापा र एनआईसी एशिया बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावलले हस्ताक्षर गरे ।

त्यस्तै ज्योति विकास बैंक सेन्चुरी बैंकबीच पनि “ज्योति रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमूख बलदेव थापा र सेन्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौता पश्चात सेन्चुरी बैंकका सम्पुर्ण शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.