२०७५ असार १ गते १४:१५ विकासन्युज
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.