सगरमाथा इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड, भिआइपी सेवा प्रदान गर्नेमा उत्कृष्ट

  २०७५ असार १ गते १३:५६     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले ‘स्पेसल रिकगनाइजेशन फर प्रडक्ट इनोभेशन इन जेनरल इन्स्योरेन्स’ नामक अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१८’ अन्तर्गतको उक्त अवार्ड पाएको हो ।

इन्स्योरेन्सले दुई वर्षअघि शुरु गरेको ‘भिआइपी अन द स्पट’ सेवा सफल कार्यान्वयन भएकोमा कम्पनीलाई उक्त अवार्ड दिइएकाे हो । कम्पनीले आफ्ना ग्राहकलाई हप्ताको सातैदिन २४सै घण्टा उक्त सेवा पुर्याइरहेको छ ।

सगरमाथा इन्स्याेरेन्स कम्पनीमा बीमा गरिएका सवारी दुर्घटनामा परेकाे अवस्थामा घट्नास्थलमा नै क्षति मूल्याङ्कन गरी बीमा भुक्तानी गरिने गरेकाे कम्पनीले जनाएकाे छ ।

हालै थाइल्याण्डको बैंककमा आयोजित एक कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक श्रवण रावलले उक्त अवार्ड ग्रहण गरेकाे कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.