मुक्तिनाथ र लुम्बिनीबीच रेमिट्यान्स सम्झौता

  २०७५ असार १ गते १३:१९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिट र लुम्बिनी विकास बैंकको लुम्बिनी रेमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब मुक्तिनाथ रेमिट लुम्बिनी विकास बैंकका र लुम्बिनी रेमिट मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.