मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा १० प्रतिशत छुट

  २०७५ असार १ गते १२:५४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले अब थापाथलीको नर्भिक अस्पतालमा जाँच गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् । हालै दुई संस्थाबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुलाई अस्पतालले तोकिएका शुल्कमा विशेष छुट पाउने भएका हुन् ।

उक्त सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालकोतर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएका शुल्कमा सो मात्रासम्मको छुट पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.