सिटिजन्स बैंक र ओम हस्पिटलबीच सम्झौता, अस्पतालको सेवा शुल्कमा विशेष छुट

  २०७५ असार १ गते १२:००     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अस्पतालमा आयोजित उक्त समारोहमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र अस्पतालका तर्फबाट म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्ड लिने खातावालाहरुले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

बैंकले हाल ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सम्पूर्ण बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.