कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण

  २०७५ असार १ गते ६:१९     विकासन्युज

काठमाडौं । कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त विषयगत पुस्तक तथा शैक्षिकसामग्री वितरण गरेको हो ।

गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक बिकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरीले विद्यालयका प्रधानाध्यापक मनबहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको जानकारी दिएको छ । आगामी दिनमा समेत यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.