साउदी अरेवियामाथि आयोजक रसियाको गोलको वर्षा, ५ गोल अन्तरले साउदी पराजित

  २०७५ जेठ ३१ गते २२:१७     विकासन्युज

काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रसियाले भारी गोल अन्तरले साउदी अरेवियालाई पराजित गरेको छ । बिहिबार राति सम्पन्न खेलमा रुसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गरेको हो । सूरुवातदेखी नै एसियाली राष्ट्र साउदीलाई दबाबमा राखेको रुसले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । बैकल्पिक खेलाडी चम्किएको खेलमा रुसले साउदीबिरुद्ध सहज जित निकालेको हो ।

खेलको १२ औ मिनेटमा रुसले युरी गाजिन्स्किको गोलबाट अग्रता लिएको थियो । ४३ औ मिनेटमा बैकल्पिक खेलाडी डेनिस चेरसेवले अग्रतालाई दोब्बर पारे । खेलको ७२ औ मिनेटमा अर्तेम डेजुुबाले तेस्रो गोल गरे ।

खेलको अतिरिक्त समयमा ब्यक्तिगत दोस्रो गोल गर्दै चेरसेवले घरेलु टोलीलाई ४–० को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा एलेक्जेन्डर ग्लोभिनले उत्कृष्ट फ्रिकिक गोल गर्दै रुसलाई फराकिलो अन्तरको जित दिलाए ।

समुह एको पहिलो खेलमा जित हात पार्दै रुसले महत्वपुर्ण ३ अंक जोड्न सफल भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.