आयोजक रसियाको तेस्रो गोल, साउदी अरेविया दवावमा

  २०७५ जेठ ३१ गते २१:५५     विकासन्युज

काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलको अहिले साउदी अरब र आयोजक रुसबीच प्रतिस्पर्धा भईरहेको छ । दोस्रो हाफको खेल जारी रहदाँ रुसले ३–० को अग्रता लिएको छ । खेलको ७२ औ मिनेटमा रुसका अर्तेम डेजुुबाले तेस्रो गोल गरेका छन् । उनको यो गोलले रसियाले जित्ने संभावना बढाएको छ । यद्यपी खेल जारी छ ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको डेजुबाले घरेलु टोलीका लागि तेस्रो गोल गरे । घरेलु टोली रुसले खेलको १२ औ मिनेटमा युरी गाजिन्स्किको गोलबाट अग्रता लिएको थियो । ४३ औ मिनेटमा डेनिस चेरसेवले घरेलु टोलीको अग्रतालाई दोब्बर पारेका थिए । विश्वकपको उद्घाटन खेलमा घरेलु टोली हाबी बनेको छ । एकपछि अर्को मुभ बनाउदै उसले साउदी अरबलाई दबाबमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.