विश्वकप अन्तर्गतको पहिलो खेल सुरु, आयोजक रसिया २ गोलले अगाडी

  २०७५ जेठ ३१ गते २१:१८     विकासन्युज

 

काठमाडौं ।विश्वकप अन्र्तगत पहिलो उद्घाटन खेलमा आयोजक रसियाले सउदी अरेवियालाई २ गोलले पछि पारेको छ । खेल सुरु भएको १२ औ मिनेटमा रसियाका युरी गाजिन्स्किले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । यस्तै ४३ मिनेटमा डेनिस चेरसेवले अर्को गोल गरेका छन् ।

सन् २०१८ को विश्वकपमा पहिलो गोलकर्ता युरी गाजिन्स्क् िभएका छन् । पहिलो हाफ भरी रसियाले सउदी अरेवियालाई दवावमा राखेको छ । जिन्स्किले हेडमार्फत उत्कृष्ट गोल गरेका छन् । दुवै निकै आक्रामक खेल खेलिरहेका छन् । रुससँग युरोपियन फुटबल लिगमा अभ्यस्त खेलाडीहरु छन् । तुलनात्मक रुपमा साउदी अरेबियाभन्दा रुस निकै बलियो देखिएको छ ।

उद्घाटन खेल जित्ने टोलीको दोस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ ।समूह ए मा रुस र साउदीसँगै उरुग्वे, इजिप्ट जस्ता बलिया टोलीहरु रहेका छन् । विश्वकपको दोस्रो चरण प्रवेशको लागि पनि दुवैलाई यो खेल निकै महत्वपूर्ण छ । दुवैको लक्ष्य ३ अंक जोड्ने हुनेछ ।समूह ए मा रहेको दुवै टोली उद्घाटन खेल जित्दै बलियो उपस्थिति बनाउन चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.