राष्ट्रिय वाणिज्य बैंकको १२औं साधारणसभा सम्पन्न

  २०७५ जेठ ३१ गते १८:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको बिहीबार सम्पन्न उक्त सभाले आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।


सभामा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकले १ खर्व ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.