ज्योति र लुम्बिनीबीच रेमिटेन्स सम्झौता, रेमिट सेवा आदान प्रदान गर्ने

  २०७५ जेठ ३१ गते १७:४१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात ज्योतिको रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैंकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.