सामसङको नयाँ एयर प्युरिफायर बजारमा, प्रदुषित हावालाई ९९ प्रतिशसम्म स्वच्छ पार्ने

  २०७५ जेठ ३१ गते १७:११     विकासन्युज

काठमाडौं । सामसङले हालै नयाँ एएक्स३००० एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । उक्त एयर प्युरिफायरले शीघ्र रुपमा कोठाको हावालाई स्वच्छ बनाउदछ । यसमा भएको पिएम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छ वातावरण सिर्जना गराउने कम्पनीले जनाएको छ ।

एएक्स३००० सामसङ प्युरिफायर कोठाको जस्तोसुकै प्रदुषित हावालाई स्वच्छ पारी प्रभावकारी रुपमा कार्य गर्दछ । ३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता यसमा रहेको कम्पनीले जनाएको छ । यसमा भएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषण रहित पार्न सक्दछ । यसमा आउट अद्वितीय फिल्टरहरु जस्तैः प्रि फिल्टर, डियोडराइजेशन फिल्टर र फिएम २.५ फिल्टर रहको छ ।

नेपाली बजारमा उपलब्ध यस एयर प्युरिफायरको मूल्य २२ हजार ४९० रुपैयाँ रहेको छ । विभिन्न कलरको साथ यसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्दछ । यसको सेन्सरले पि.एम २.५ को तहलाई न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.