बीमा समितिमा वेहालः अध्यक्ष हाजिरी मात्रै गर्ने, कार्की घर जाँदै, रेग्मी जगेडामा

  २०७५ जेठ ३१ गते १८:३०     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति लथालिंग भएको छ । अाफू विरूद्ध सर्वाेच्चमा उजुरी परेपछि समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले महत्वपूर्ण फाइलमा सहि गर्न छाेडेका छन् ।

निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की असार १ गतेदेखि अनिवार्य अवकास पाएर घर जाँदैछन् ।

समितिमा एक मात्र कार्यकारी निर्देशक पद छ, उक्त पद रिक्त रहेको चार बर्ष बितिसकेको छ । त्यसबीचमा कार्कीलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको थियो ।

निर्देशक कमल रेग्मीलाई  आन्तरिक खटपटका कारण जगेडामा राखिएको लामो समय भैसकेको छ । उनी कार्यालय पुगेर हाजिरी गर्छन र दिनभर अध्ययन गरेर साँझ निवास फर्कन्छन् ।

समितिका अध्यक्ष चापागाइँ बीमाको  विज्ञ नभएकाे भन्दै  अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

तत्काल काम नगर्न अन्तरिम आदेश माग्दै दायर गरिएको मुद्दामा सर्वाेच्चले त्यस्तो आदेश दिएकाे छैन तर सर्वाेच्चले बीमा समितिको अध्यक्ष बन्ने योग्यताको प्रमाण पेश पत्र काटेकाे स्राेतले बतायाे ।

जेठ २२ गते सर्वाेच्च अदालतका न्यायधिक आनन्दमोहन भट्टराईको एकल इजलासले अध्यक्ष बन्ने योग्यताको प्रमाण पत्र पेश गर्न भनेपछि चापागाइँले महत्वपूर्ण विषयका फाइल छुन छाेडेकाे स्राेतले बतायाे ।

१८ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी, एउटा पुनर्बीमा कम्पनी गरि ३९ वटा कम्पनीको नियमन गर्ने निकायको उच्च नेतृत्व तितरवितर हुँदा यस क्षेत्र नराम्ररी प्रभावित हुने देखिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.