सन नेपाल लाइफको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट, ६० करोडको सेयर निष्कासन गर्ने

  २०७५ जेठ ३१ गते १३:३५     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा सन नेपाल लाइफका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजकुमार अर्याल र नेपाल एसबीआई मर्चेन्ट बैकिङका(सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात इन्स्योरेन्सको सेयर हस्तान्तरण तथा धितोपत्रसँग सम्बन्धित सम्पूर्ण काम बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले गर्ने भएको छ ।

कम्पनीले आगामी आर्थिक वर्षसम्म २ अर्ब पुँजी पुर्याउनको लागि एसबीआई मर्चेन्टसँग सम्झौता गरेको इन्स्योरेन्सका कामु सीईओ अर्यालले बताएका छन् ।  कार्यक्रममा एसबीआई मर्चेन्टका सीईओ घिमिरेले बिहीबार सम्झौता भएअनुसार इन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन प्रमुखको रुपमा निष्कासन गर्ने बताएका छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । बीमा समितिले ताके बमोजिम पुँजी पुर्याउनको लागि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । साे मात्राकाे सेयर निष्कासन पश्चात कम्पनीको पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ ।

इन्स्योरेन्सले हालसम्म ७ लाख बढी बीमालेख बिक्री गरिसकेको छ । हालसम्म २० शाखा स्थापना गरिसकेको इन्स्योरेन्सले चालु आवमा थप १५ वटा शाखा विस्तार गरि कुल ३५ वटा पुर्याउने कम्पनीको लक्ष्य छ । साथै, सोही आवको असोजसम्म ८६ वटा उपशाखा पुर्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.