अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खत्री

  २०७५ जेठ ३१ गते १२:४७     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री नियुक्त भएका छन् । सेवा सञ्चालनको तयारी गरिरहेको कम्पनी सञ्चालक समिति बैठकले खत्रीलाई आगामी ४ बर्षका लागि सीईओ नियुक्त गरेको हो ।

खत्रीले आफ्नो कार्यभार सम्हालिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका खत्री लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धकको जागिर छाडेर अजोडको सीईओ बनेका हुन् ।

अजोडमा भाटभटेनी समूह, हाथवे इन्भेष्टमेन्ट, सेञ्चुरी कमर्सियल बैंक, कालु गुरुङ, लक्ष्मी समूह लगायतको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.