टेलिभिजनमा अनुहार देखाउने लोभमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा फसे : भीम उपाध्याय

  २०७५ जेठ ३१ गते ११:०९     विकासन्युज

भीम उपाध्याय

काठमाडौं । सरकारी सञ्चार माध्यममा के कस्तो सामग्री पस्कने नपस्कने भन्ने सरोकार सरकारकै हो । कुन कार्यक्रम चलाउने कुन कसरी किन नचलाउने त्यो पनि सरकारले नै तय गर्ने हो ।

तर अनुहार देखाउने लत परेकाहरूको अनुहारमा कहिले कॉही हाँडीको मोसो पनि पोतिन्छ भन्ने हेक्का राखेर टेलिभिजन वा पत्रिकामा सतर्क र सचेष्ट हुदै प्रस्तुत हुनुपर्छ । धेरै बकबक गरेरै राम्रो भईन्न, बरू व्यक्तित्व खुईलिईन्छ , यो कुरा सरकारका प्रवक्ता र पेशाले मिडिया पर्सन नै रहेका र स्वयं मिडिया मन्त्रीले आफ्नै सरकार र मन्त्रालय मातहतको सरकारी टिभी च्यानल संचालनमा वेवास्ता गरेर चिप्लिन पुगे। यसको नैतिक जिम्मेवारी मन्त्रीले नै लिनुपर्छ ।

कार्यक्रम बन्द गर्नु नगर्नु तपशीलको कुरा हो । मिडियामा प्रस्तुत हुने नचाहिदो ब्यसनबाट गवॉर नेता वा पदाधिकारी हरहमेसा फसिरहेका हुन्छन् । अनुहार देखाउने, लोकप्रिय बन्न खोज्ने रोग र रहरमा फस्दा कुरा बन्ने भन्दा विग्रने हुन्छ ।

काम भने दमदार गर्नुपर्छ, मिडिया त्यसै नतमस्तक हुनेछन् । मिडियामन्त्री मिडिया कार्यनीतिमा भने फसे , कुरा यत्ति हो । पत्रकारले पत्रकारको झॉको झारेको मात्र हो, कुरा खत्तम । कसैको पक्षविपक्षको मुद्दा नै हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.