नेपाल सेवा लघुवित्तको कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

  २०७५ जेठ ३१ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको आज(बिहीबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०३.९३ देखि ३११.८१ रुपैयाँसम्म मूल्य तोकेको छ ।

नेप्सेले सबै कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोकेको हुन्छ । साथै, जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ ।

सिन्धुपाल्चोकमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म ६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, संस्थाको स्टक सिम्बोल एनएसईडब्लुए रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.