परिसंघ तथा पिएचडी चेम्बरबीच भेट, इण्डीया–नेपाल सेन्टर स्थापनाकाे तयारी

  २०७५ जेठ ३० गते १७:३१     विकासन्युज

काठमाडौं । परिसंघ तथा भारतको पिएचडी चेम्बर प्रतिनिधिबीच बुधबार परिसंघको सचिवायलमा भेटघाट तथा छलफल भएको छ ।


छलफलका अवसरमा परिसंघका अध्यक्ष हरिभक्तशर्माले हाल नेपालले स्थिर सरकार प्राप्त गरे पश्चात निजी क्षेत्र तथा लगानीकर्ताको लागि प्रसस्त अवसरहरु प्राप्त भएको बताए । भारत नेपालको छिमेकी तथा ठूलो व्यापारिक साझेदार भएकोले नेपाली निजी क्षेत्रले त्यहाँका लगानीकर्तासँग ठुलै अपेक्षा गरेको उनको भनाइ छ ।

नेपालको भारतसंगको बढ्दो व्यापार घाटा घटाउन ठुला परियोजनाहरु स्थापना गरी भारत तथा तेश्रो मुलुकतर्फ निर्यात बढाई घाटा कम गर्न भेटमा छलफल भएको छ । यसका लागि परिसंघ, पिएचडि चेम्बर जस्ता संस्थाहरु सहकार्य गरी अगाडि बढ्नु पर्ने धारण दुवै पक्षले राखेका थिए ।

त्यस्तै भारतले समय–समयमा गैह्र भन्सार अवरोध गर्ने, निर्यात अवरोध लगायतको विषय समेत छलफलमा उठेको थियो ।
छलफलमा पिएचडि चेम्बरका अध्यक्ष अनिल खेतानले नेपालका लगानीका सम्भावना रहेका प्रमुख क्षेत्रको पहिचान गरी त्यसमा विस्तृत

अध्ययन हुनुपर्नेमा जोड दिदै यसमा पिएचडि चेम्बर तथा इण्डीया नेपाल सेन्टरले पहल गर्न सक्ने बताए । पिएचडि चेम्बरले नेपालका लागि भारतीय पूर्व राजदूत केभि राजनल गायतको सहकार्यमा इण्डीया–नेपाल सेन्टरको स्थापनाको पहल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.