बजार झिनो अंकले बढ्दा दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७५ जेठ ३० गते १४:४७     विकासन्युज

काठमाडौं । मंगलबार सामान्य अंकले घटेको बजार बुधबार सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव आएको बुधबारको बजारमा कारोबार बन्द हुँदा परिसूचक २.८१ अंकले बढेर १२४२ अंकमा पुगेको छ ।

परिसूचकमा वृद्धि भएपनि सेयर कारोबारमा भने गिरावट कायमै छ । दिनभरको बजारमा १६१ कम्पनीको जम्मा २० करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एक करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सामान्य अंकले बढेको बजारमा पनि २ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । अघिल्लो दिनको तुलनामा राधी विद्युत कम्पनी र नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले क्रमशः ९.९६ र ९.५० प्रतिशत कमाएका छन् । ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ७.१२ प्रतिशतले बढेको छ । उता कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.२६ प्रतिशतले घटेको छ ।

बजारमा अन्य बाहेक सबै समूहको सूचक हरियाली भएका छन् । बीमा, होटल र उत्पादनमूलकको सूचक दोहोरो अंकले उकालो लागेका छन् भने बाँकी एकल अंकले बढेका छन् । अन्य समूह भने ३.१७ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.