किम जोङ उन साह्रै प्रतिभाशाली छन् र आफ्नो देशको माया गर्छनः डोनाल्ड ट्रम्प

  २०७५ जेठ २९ गते १३:३०     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन प्रतिभाशाली भएको र आफ्नो देशको साह्रै माया गर्ने बताएका छन् । भेटपछि आयोजीत पत्रकार सम्मेलनमा ट्रम्पले भने–किम साह्रै प्रतिभाशाली छन् र आफ्नो देशलाई धेरै माया गर्छन् ।

ट्रम्पले कोरिया प्रायदिप र उत्तर कोरियासँगको आफ्नो पुरानो सम्बन्धमा धेरै परिवर्तन आएको दावी समेत गरेका थिए । ट्रम्पले उन र आफुबीच घनिष्ट सम्बन्ध स्थापीत भएको जिकिर समेत गरेका थिए ।

पत्रकार सम्मेलनमा उत्तर कोरियाली सर्वाेच्च नेता उनले अब विश्वले ठूलो परिवर्तनको महशुस गर्ने बताएका थिए । पत्रकारले के उत्तर कोरियाको परमाणु कार्यक्रम रद्ध हुन्छ भन्ने प्रश्न गर्दा उनले कुनै प्रतिक्रिया जनाएनन् । बरु ट्रम्पले सबै कुरा राम्रो ढंगले अघि बढिरहेको धारणा राखेका थिए ।

वान टु वान छलफल, द्धिपक्षिय वार्ता तथा संयुक्त पत्रकार सम्मेलनपछि दुई बीच केहि बुँदे सम्झौतामा हस्ताक्षर समेत भएको छ । तर के बिषयमा सम्झौता भएको हो भन्नेबारे चाँही हालसम्म केहि पनि खुलाइएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.