कतार एयरवेजले सिड्नी-क्यानबेरा उडानमा क्यूसुइट सुरुवात गर्ने, साउन १६ गतेदेखि दैनिक सेवा

  २०७५ जेठ २९ गते १३:०३     विकासन्युज

कतार । कतार एयरवेजले कम्पनीको नयाँ अष्ट्रेलियन गन्तव्य सिड्नी-क्यानबेराको उडानमा बिजनेस क्लास सेवा क्यूसुइट सुरुवात गर्ने भएको छ । कम्पनीले आगामी जुलाई १(असार १८ गते)देखि उक्त क्लास सेवा शुरु गर्ने घोषणा गरेको छ ।

गत फेब्रुअरीबाट सञ्चालनमा आएको क्यान्बेरा मार्गको सुरुवातको छ महिना नबित्दै एयरलाइन्सले यो घोषणा गरेको हो । दोहादेखि क्यानबेराको उडानले सिड्नीमार्फत दैनिक दुईवटा उडानले त्यहाँका बासिन्दाहरुलाई कतारी क्षेत्रसँग जोड्दछ ।

सुरुवातमा यस उडान मार्गमा क्यूसुइटको सेवा साप्ताहिक चार पटक प्रदान गरिने छ भने दैनिक सेवा आगामी १ अगस्ट(साउन १६ गते) बाट प्रारम्भ हुनेछ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने “यसको सुरुवातदेखि नै क्यूसुइट विश्वव्यापी रुपमा आकर्षणको मुख्य केन्द्र बनेको हो । हामी यस उत्कृष्ट सेवा हाम्रो क्यानबेरा तथा सिड्नी उडान मार्गमा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ । क्यूसुइटसँगै हामीले बिजनेस एवं लक्जरी यात्रालाई एक नयाँ पहिचान दिलाएका छौँ, र हामी विश्वस्त छौँ यस शानदार सेवा अष्टे«लियन यात्रुहरुका लागि एक थप आकर्षण हुनेछ । ”

साथै, यस विमान सेवाले गत वर्षको समारोहमा ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’, ‘विश्वको सर्वश्रेष्ठ बिजनेस क्लास’ तथा ‘विश्वको सर्वश्रेष्ठ फस्र्ट क्लास एयरलाइन लाउन्ज’ सहित विभिन्न महत्वपूर्ण पुरस्कारहरु हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.