एनएमबी बैंकको एफपीओ निष्कासन भोलिदेखि, ५७ हजार ७० कित्तासम्म आवेदन दिन पाइने

  २०७५ जेठ २९ गते ८:१५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले भोलीदेखि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ ।

एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ ।

एफपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्मलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । बैंकले इक्रा नेपाल लिमिटेडबाट आईपीओको ग्रेडी थ्री प्रमाणपत्र दिएको छ ।

बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

बैंकले आउदो ३ वर्षमा नाफा १५५ प्रतिशत बढाउने भएको छ । बैंकले थप निष्कासन (एफपीओ) ल्याउनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको तुलनामा नाफा १५५ प्रतिशत बढाएर ३ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको हो ।

बैंकले चालु आर्थिक वर्षमा खुदनाफा बढाएर २ अर्ब ३२ करोड ७६ लाख, आगामी आर्थिक वर्षमा ३ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुर्याउने जानकारी दिएको छ । नाफामा बढोत्तरी ल्याउन बैंकले ३ वर्षमा ब्याज आम्दानी बढाएर १४ अर्ब ३८ करोड रुपैयाँ पुर्याउने भएको छ ।

चालु आवमा ब्याज आम्दानी ९ अर्ब ४९ करोड ४५ लाख, आगामी वर्ष ११ अर्ब ५२ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ । चालु आवमा बढाएर ईपीएस २९ रुपैयाँ १० पैसा र आगामी वर्ष ३८ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान बैंकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.