पञ्चेश्वर विकास प्राधिकरणको सीईओमा एएस गोयल नियुक्त

  २०७५ जेठ २८ गते १७:१२     विकासन्युज

काठमाडौं । पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा एएस गोयल नियुक्त भएका छन् ।
हालका सीईओ महेन्द्रबहादुर गुरुङको कार्यकाल सकिएपछि भारतको तर्फबाट गोयल नियुक्त भएका हुन् ।

प्राधिकरणको पहिलो सीइओको रुपमा गुरुङले आफनो ३ वर्षे कार्यकाल पुरा गरेका छन् । गोयलले आजैदेखि कार्यभार सम्हालेका हुन् ।
बहुउद्धेशिय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा सहमति हुन सकेको छैन् । डीपीआरको तयारी भारतको वापकोर्स इण्डिया लिमिटेडले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.