माछापुच्छ्रे बैंकको सीईओमा सुमन शर्मा, कर्जा र जोखिम व्यवस्थापनमा उत्कृष्ट

  २०७५ जेठ २८ गते १६:३०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । नवनियुक्त शर्माले नियुक्त भएकै दिन(आज)देखि कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।

२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ्ग शुरु गरेका थिए । त्यसपछि शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

शर्माले माछापुच्छ्रे बैंकमा यसअघि  झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिदै आएका छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

साथै, नवनियुक्त सीईओ शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.