लालबाबुको अर्को आक्रामक निर्णय: अब सरकारी खर्चमा कर्मचारी विदेश भ्रमणमा जान नपाउने

  २०७५ जेठ २७ गते १९:१६     विकासन्युज

काठमाडौं । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीहरुलाई विदेश भ्रमणमा अंकुस लगाएको छ । आइतबार बसेको मन्त्री स्तरको बैठकले ६ बुँदे निर्णय गर्दै कर्मचारीलाई आफु खुसी विदेश भ्रमणमा रोक लगाएको हो ।

अधिकृत लिलाराज काफ्लेद्धारा हस्ताक्षर गरिएको निर्णयको नम्बर ३ मा सरकारले खर्च बेहोर्ने गरी कुनैपनि स्थानीय तहका पदाधीकारी र कर्मचारी विदेश भ्रमणमा जान नपाउने उल्लेख गरिएको छ ।

यस्तै बुँदा नम्बर ६ मा नेपाल सरकारको नियर्णय बिना वैदेशिक भ्रमणमा जाने प्रवृतिलाई निरुत्साहन गर्न राहदानी विभागले भिसा स्वीकृत गर्नुपुर्व मन्त्रालयको सिफारिस अनिवार्य रुपमा लागू गर्ने उल्लेख गरिएको छ ।

यस्तो छ मन्त्रालयको निर्णयहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.