गण्डकी विकास बैंकको १९ प्रतिशत बोनस पारित, संचालकमा ६ जना निर्वाचित

  २०७५ जेठ २७ गते १७:४१     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडको १९.३१०६ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार(आज) बसेको १०औँ वार्षिक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरे बमोजिम बैंकले आर्थिक वर्ष २०७३/७४ सम्मको संचित मुनाफाबाट कुल चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने भएको छ । बोनस वितरण पश्चात बैंकको कुल चूक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

सभाले आगामी चार वर्षको लागी छ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा संस्थापक सेयरधनीहरुको तर्फबाट पद्यप्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझा हुन् भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट नारायणबहादुर बानिया, कृष्ण बहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी हुन् ।

बैंकले आव २०७४/७५ को तेश्रो त्रैमाससम्ममा २० अर्ब ४३ करोड रुपैयाँ निक्षेप र १८ अर्ब ३२ करोड रुपैयाँ कर्जा पुर्याएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.