सांग्रिला डेभलपमेन्ट बैंक असार १७ गते साधारणसभामा जाँदै, ४ गतेदेखि बुक क्लोज

  २०७५ जेठ २७ गते १२:५२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक आगामी असार १७ गते वार्षिक साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि असार ४ गतेदेखि १७ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

उक्त सभामा बैंकले सेयरधनीलाई ११.८० प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । बैंकले २.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ९.३० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिन लागेको हो ।

साथै, असार ३ गतेसम्म कम्पनीको सेयर कारोबार गरी ७ दिनसम्म बैंककोे सेयर रजिष्ट्रार एनआईबिएल क्याटिल मार्केट्समा सेयर दाखिल खारेजका सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.