निजी क्षेत्रका सिईओ पनि निगमको कार्यकारी निर्देशक हुन पाउने, छनौट प्रतिस्पर्धाको आधारमा गरिन्दै

  २०७५ जेठ २४ गते १६:२२     विकासन्युज

काठमाडौंं । बिहीबार नेपाल आयलका निगम(एनओसी)का कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजिनामा दिएसँगै उक्त पद खाली भएको छ । त्यहाँ को नियुक्ती हुने हो जिज्ञासा बढेको छ ।

जिज्ञासालाई साम्य पर्ने क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रिक्त पदको लागि कर्मचारीको खोजि शुरु भएको बताए । ‘नयाँ नियुक्तीको लागि आजैदेखि कर्मचरारी खोेजी शुरु भएको छ,’ उनले भने । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनको क्रममा उनले आफ्नो धारणा राखेका थिए । उनका अनुसार आयाल निगिमलाई सुदृढ गर्दै जनताको विश्वास जित्ने दिशामा अघि बढाउने उनको भनाइ छ ।

‘निगममा नियुक्त हुने कार्यकारी निर्देशकको समय सिमा तोकिन्दैन,’ उनले भने ‘निजी क्षेत्रका सिईओहरुलाई समेत छलफलको लागि बोलाइनेछ ।’ विगतमा नियुक्तीको क्रममा राजनैतिक अबरोध भएहोला अब त्यस्तो हुन दिने छैन । कुनै पनि निजी क्षेत्रमा कार्यरत सिईओहरु समेत भाग लिन सक्ने उनले जानकारी गरे । उनले केही निजी क्षेत्रमा सक्षम सिईओहरु रहेको र त्यस्ता कम्पनीहरुको प्रगति समेत राम्रो भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.