सेयर बजार २५ अंक घट्यो, लगानीकर्तामा अर्थमन्त्री डा. खतिवडाको त्राश कायमै

  २०७५ जेठ २४ गते १५:०७     विकासन्युज

काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर हटेपनि लगानीकर्ता विश्वास नबढ्दा बिहीबारको सेयर बजार २५ अंक घटेको छ ।

बुधबार लाभकर तत्कालका लागि हटेपछि १३ अंकले बढेको बजार बिहीबार भने घटेको छ । बजार पुनः घट्न थालेकाले लगानीकर्तामा लाभकरको त्राश अझै कायम रहेको देखिन्छ । अर्थ मन्त्रालयले लाभकरको विषयमा अध्ययन गर्न सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । अध्ययन समितिले कस्तो सुझाव सरकारलाई दिन्छ ? र त्यसपछि सरकारले लाभकरको विषयमा लिने निर्णको विषयमा लगानीकर्तामा मनोवैज्ञानिक त्रास अझै कायम रहेको एक ब्रोकरले बताए ।

समितिले दिने सुझाव र त्यसपछि सरकारले लिने निर्णयलाई बजारले पर्खेर बसेको अवस्था रहेको ती ब्रोकरको भनाई छ । लगानीकर्ताले भनेको जस्तै गरी सरकारले लाभकार हटाउँछ की हटाउँदैन भन्ने त्राश लगानीकर्तामा रहेको ती ब्रोकरको भनाई छ ।

समग्रमा बिहीबारको बजार २५.६८ अंकले घटेर १२५७ अंकमा झरेको छ । कुल १६६ कम्पनीको ४६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मेगा बैंकको सबैभन्दा बढी २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । बीमा समूह १७४ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह ५ अंकले घटेको छ भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य ७.६६ प्रतिशतले घटेको छ । अघिल्लो दिनको तुलनामा समता माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ३.९६ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.