सूर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने, हकप्रद किन्नेले पनि पाउने

  २०७५ जेठ २३ गते १४:०७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीले ४० प्रतिशत हकप्रद सेयर जारी गरिरहेको छ । सो मात्राको हकप्रद किन्ने आवेदकहरुले पनि १२ प्रतिशत बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीको गत वर्षको साधारणसभाले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो ।

कम्पनीको हालकाे चुक्ता पुँजी ७२ करोड १८ लाख रुपैयाँ रहेको छ । यसअघि कम्पनीले १६.८० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर हाल जारी गरिरहेको ४० प्रतिशत हकप्रद भर्नेले पनि बोनस पाउने भएपछि कम्पनीको बोनस सेयरको दर समायोजन भई घट्न पुगेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.