कारोबार खुल्नासाथ सेयर बजारमा छायो हरियाली, नेप्सेमा २१ अंकको वृद्धि

  २०७५ जेठ २३ गते १३:३३     विकासन्युज

काठमाडौ । लगातार दुई दिनको आन्दोलन पछि खुलेको बुधबारको सेयर बजारमा एकाएक हरियाली छाएको छ । सरकारले लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता गरेपछि बजारमा हरियाली छाएको हो ।

बोनस र हकप्रद सेयरमा लाग्ने लाभकर फिर्ता हुनेवित्तीकै खुलेको बुधबारकाे बजारमा सुधारको शुभसंकेत देखिएको छ । बजार खुलेको केही बेरमै नेप्से परिसूचक २१ अंकले उकालाे लागिसकेकाे छ । त्यस्तै, कारोबारमा आएका सबै सूचकहरु हरियाली भएका छन् ।  नयाँ लाभकर सम्बन्धित व्यवस्थाबाट सरकार पछि हटेपछि लगानीकर्ता उत्साहित हुँदा बजार बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.