सिभिल बैंकले १० प्रतिशत बोनस दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने

  २०७५ जेठ २२ गते १५:२५     विकासन्युज

काठमाडौं । सिभिल बैंकले सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.५४ प्रतिशत(अर्थात ३ करोड ९१ लाख रुपैयाँ) नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५९ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.