राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस दिने, वार्षिक साधारणसभा कहिले ?

  २०७५ जेठ २१ गते १९:००     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

कम्पनीको आगामी साधारणसभा असार २४ गते हुँदै छ । सो प्रयोजनको लागि असार ५ देखि २४ गतेसम्म कम्पनीको बुक क्लोज हुने नेप्सेमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.