कालीमाटीमा कृषि मन्त्रीको छड्केः ११ हजारको सटरलाई २ लाखमा बेच्दै विचौलिया

  २०७५ जेठ २१ गते ९:१४     विकासन्युज

काठमाडौं । कृषि मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारमा छड्के जाँच गरेका छन् ।
सोमबार बिहानै मन्त्रालयका कर्मचारी र सञ्चार कर्मीहरुलाई लिएर कालीमाटी तरकारी बजार निरिक्षणमा पुगेका मन्त्री खनालले ११ हजारका सटरलाई बिचौलियाले २ लाखमा बेचिरहेको तथ्य फेला पारेका थिए ।
उनले विचौलियाको चंगुलमा फसेको तरकारी बजारलाई तत्कालै उद्धार गर्ने घोषणा पनि गरे । ‘११ हजारको क्यान्टिन, सटर वा पसललाई विचौलियाले २ लाखसम्म असुलेर बेचेको देखियो, अब यीनका दिन सकिए’, मन्त्री खनालले भने ।
उनले एक पटक सटरको टेण्डर लगाएपछि १५ बर्षसम्म नचलाउने प्रक्रियाको पनि अन्त्य हुने बताए । उनले सटर टेण्डर लगाउने सम्बन्धी कार्यबिधी संसोधन गरेर पूर्ण प्रतिष्पर्धाको वातावरण बनाउने स्पष्ट पारे । साथै सटरहरुको छनौट गोला प्रथाबाट गर्ने पनि बताए ।
उनले तरकारी बिक्रेता र किसानहरुको सिधा सम्पर्क विस्तार गरेर विचौलियाहरुको अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
उनले उपत्यकामा तरकारी भित्रिने १० वटै नाकामा परिक्षण उपकरण राखिने र विचौलियाहरुलाई त्यहिँबाट निषेध गर्ने स्पष्ट पारेका थिए ।

त्यस्तै मन्त्री खनालले कालिमाटीमा रहेकाे माछा बजारकाे पनि अनुगमन गरेका थिए । अनुगमनकाे क्रममा दुर्गन्धीत अवस्थामा माछाहरु  बिक्री भइरहेकाे फेला परेकाे थियाे । त्यास्ता माछाहरुलार्इ तुरुन्त हटाउन कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिलार्इ निर्देशन दिएकाे काे छ । ‘दुर्गन्धीत माछा पसलहरु तुरुन्त हटाउनुहोस्,’ उनले भने ‘त्यसो गर्दा बाधा विरोधमा आए जो कसैलाई छाडिनेछैन ।’

एक महिनाभित्र कार्यबिधी बनाएर बजारलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए । कालीमाटी फलफुल तथा तरकारी बजारका प्रमुख तेजेन्द्र प्रसाद पौडेलले मन्त्रीको निर्देशन अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.