११ प्रकारका जमिनलाई ४ मा झारिँदै, सुकुम्बासी र भूमि व्यवस्थापन एकै पटक

  २०७५ जेठ २० गते ९:१८     विकासन्युज

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका छन् । शनिबार राजधानीमा आयोजीत एक कार्यक्रममा उनले भने,‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खाले नीति ल्याउने अन्तिम तयारीमा छौं । खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति त्यसमा समावेश हुन्छ ।’

मन्त्री खनालले कृषि, पर्यटनले मात्रै स्वदेशमा रोजगारी सिजर्ना हुने र आर्थिक समृद्धि हाँसिल गर्न सक्ने दाबी समेत गरेका छन् । कृषि नीतिमा आमूल परिवर्तन गर्दै मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको पनि मन्त्री खनालले जानकारी गराए । ‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्नेखाले नीति ल्याउने अन्तिम तयारीमा हामी जुटेका छौं’–उनले भने ।

त्यस्तै खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति पनि त्यसमै समावेश हुने उनको भनाई थियो । हाल नेपालमा ११ प्रकारका भूमिहरु रहेको बताउँदै अब त्यसलाई ४ प्रकारका भूमिमा वर्गीकरण गरेर व्यवस्थित् गर्ने उनले जनाए ।
कृषि क्षेमा आधुनिकिकरण आवश्यक रहेको मन्त्री खनालको भनाई छ । उनले भूमिलाई कृषि, व्यवसायिक, औद्योगिक र बसोबास भूमिमा वर्गीकरण गरेर अहिले देखिएका समस्याको समाधान गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.