सिभिल बैंकद्धारा महालक्ष्मी आधारभुत विद्यालयलाई बेन्च हस्तान्तरण

  २०७५ जेठ १८ गते १५:५३     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले दमकको महालक्ष्मी आधारभुत विद्यालयलाई बेन्चहरू हस्तान्तरण गरेको छ । दमक शाखा संचालनमा ल्याएको अवसरमा बैंकले वार्षिकोत्सवको दिन पारेर उक्त बेन्चहरू हस्तान्तरण गरेको हो ।

बैंकको विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिकाका अध्यक्ष रामबहादुर धिमाललाई उक्त बेन्चहरु हस्तान्तरण गरेका हुन् ।

शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै बैंकले उक्त विद्यालयलाई बेन्च हस्तान्तरण गरिएको बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.