किसान सहकारीद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, ३०० जना विद्यार्थी सहभागी

  २०७५ जेठ १७ गते १७:४१     विकासन्युज

काठमाडौं । कैलालीको लम्की चुहास्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ । “सबैलाई वित्तिय साक्षरता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ शुरु गरिएको उक्त कार्यक्रम विभिन्न ४ वटा विद्यालयमा सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने करिव ३०० जना विद्यार्थी सहभागी भएका थिए । प्रत्येक सहभागीलाई १ थान खुत्रुके प्रदान गरिएको थियो । यसरी प्रदान गरिएको खुत्रुके १ महिना पछि चेकजा“च गरिने र सबैभन्दा बढि बचत गर्नै विद्यार्थीलाई पुरस्कार प्रदान गरिने सहकारीले जनाएको छ ।

विद्यार्र्थी समाजको सचेत वर्ग भएकोले सानैदेखि उनीहरुलाई वित्तिय सचेतनाको माध्यमले सचेत गर्न सके समग्र परिवारको फजुल खर्च रोकी बचत गर्ने बानिको बिकास हुने उद्देश्यले संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

संस्थाका महा–प्रबन्धक डम्बरबहादुर शाहले बिगत बर्षहरुदेखि गदै आईरहेको कार्यक्रमलाई यस बर्ष सबै सदस्यमाझ लैजाने योजना रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.