ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता

  २०७५ जेठ १७ गते १७:२६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमुख बलदेव थापा तथा सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाँईले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात दुई संस्थाले रेमिट आदान प्रदान गर्ने भएका छन् । ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा अबदेखि सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि रकम भुक्तानी लिन र दिन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.