पहिलो रोड सेफ्टी फिल्म फेस्टिभल असारमा, उत्कृष्टलाई ५० हजार

  २०७५ जेठ १३ गते १२:०७     विकासन्युज

काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिनेछ ।

आगामी जुलाई २ र ३ (असार १८ र १९) मा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा फिल्म प्रदर्शन हुनेछ । नासा फाउन्डेसनले विभिन्न संघ संस्थाको सहकार्यमा सो फेस्टिभल आयोजना गर्न लागिएको हो । नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन अन्तर्गतको कल्याणकारी संस्था हो ।

फेस्टिभलमा बढीमा १० मिनेट सम्मका लगभग २ दर्जन फिल्म प्रदर्शन गरिने छ भने उत्कृष्ट फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । त्यस्तै फेस्टिभलमा विदेशी फिल्म मध्येको उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिनेछ ।

फिल्म फेस्टिभलका लागि ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलको समेत सहकार्य रहेको छ भने अन्य वृत्तचित्र, अन्तरक्रिया र प्रदर्शन पनि हुनेछ ।

सडक दुर्घटना संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ । नासा फाउन्डेसनका अनुसार आज संसारमा वार्षिक रुपमा १४ लाखभन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ सयभन्दा बढीको अनाहक ज्यान जाने गरेको छ । नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अरबाै‌को क्षति भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.