यति फ्लोरिङले सम्मान स्वरुप सन्दिप लामिछानेलाई दियो एक लाख रुपैयाँ

  २०७५ जेठ ९ गते १८:४२     विकासन्युज

काठमाडौं । यति फ्लोरिङले प्रा.लि.ले युवा खेलाडी सन्दिप लामिछानेलाई सम्मान स्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाउन सफल भएका लामिछानेलाई आगामी यात्राको लागि शुभकामना स्वरुप उक्त सम्मान गरेको हो ।

कार्यक्रममा यति फलोरिङ्गको तर्फबाट निर्देशक नारायण तोदी, अनिल केडिया, अजय गिरहिया, लोकेश तोदी, सिद्धार्थ केडिया, आयुष केडिया, तथा केडिया अर्गनाइजेशनको कर्पोरेट प्रमुख राजकुमार शाहले सम्मानका साथसाथै १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा खेलाडी लामिछानेले भने, ‘यो देशको नाम उच्च राख्न तथा हरेक नेपालीको चाहना म माथि पुगोस भन्ने छ यसलाई साकार पार्न पुन अत्यन्त मिहेनत गर्नेछु । मैले इन्डियन प्रिमियर लिग म्याचमा जसरी अवसर पाएर हजारौ खेलाडीहरुको प्रतिस्पर्धामा छानिन सफल भए यो मेरो मात्र नभई सिङ्गो देशको गौरवको बिषय हो ।’

त्यस्तै, प्रालिका कर्पोरेट प्रमुख राजकुमार शाहले सन्दिपको यो साहसलाई, मिहेनतलाई, लगनशीलतालाई सलाम गरेका छन् ।

स्वदेशी पुँजी स्वदेशमै लगानी गरि बिदेश पलायन हुनबाट रोक्न यस यति फलोरिङ्गले बिगत २५ बर्षदेखि हरेक नेपालीको मन मनमा यति कार्पेट उत्पादन गरि बिक्री बितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.