जनता बैंकको एकैसाथ थप ५ शाखा सञ्चालनमा

  २०७५ जेठ ९ गते १६:५७     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ थप ५ शाखाबाट कारोवार शुरु गरेको छ । बैंकले सिराहाको गोलबजार, रसुवाको नौकुण्ड तथा कालिकास्थान, रामेछापको दोरम्बा र जुम्लाको तातोपानी गरी उक्त पाँच शाखा सञ्चालनमा ल्याएको हो ।

यस मध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यी शाखाहरु मार्फत स्थानीय उद्योगी, व्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

यससँगै जनता बैंकको शाखा सञ्जाल ११५ पुगेको छ । साथै, बैंकले ४० शाखारहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.