एशियन लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंक्यासुरेन्स सम्झौता

  २०७५ जेठ ९ गते १४:५१     विकासन्युज

काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंक्यासुरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.