यातायात मन्त्री रघुवीर महासेठको ऋण मात्रै २३ करोड, खातामा पैसा कति ?

  २०७५ जेठ ९ गते १४:१९     विकासन्युज

काठमाडौं । यातायात मन्त्री रघुविर महासेठको बैंकको ऋण मात्रै २३ करोड रहेको छ । मन्त्री परिषदको कार्यलयले निकालेको मन्त्रीहरुको सम्पत्ति विवरणमा मन्त्री महासेठको ऋण मात्रै २३ करोड देखिएको हो ।

महासेठले नबिल बैंकबाट २ करोड ऋिण लिएका छन् भने महासेठकी श्रीमती जुली कुमारी महतोको नाममा पटक पटक गरी २१ करोड ऋण झिकिएको छ ।

उनीहरुको नाममा ५१ तोला सुन र १.५० किलो चाँदी रहेको छ ।
जुली महतोको नाममा विभिन्न बैंक तथा संस्थामा ४० करोड भन्दा बढी लगानी गरिएको छ ।

महासेठको बैंक खातामा कति सम्पत्ति रहेको छ भन्ने खुलाईएको छैन ।
थप सम्पत्तिको विवरण यहाँबाट हेर्न सकिन्छ

 

थप सम्पत्तिको विवरण यहाँबाट हेर्न सकिन्छ 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.