नेपाल बैंकको एफपीओ प्रतिकित्ता २८० मा आउने, होला त बिक्री ?

  २०७५ जेठ ९ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) प्रतिकित्ता २८० रुपैयाँ आउने भएको छ । मर्चेन्ट बैंकरहरुको दबावमा नेपाल बैंकले एफपीओको मूल्य घटाएर प्रतिकित्ता २८० रुपैयाँमा ल्याउन लागेको हो । मर्चेन्ट बैंकरहरु मिलेर प्रतिकित्ता २८० रुपैयाँमा मात्र एफपीको प्रत्याभूति (अण्डरराइटिङ) का लागि प्रस्ताव पेश गरेका छन् ।

सीबीआईएल क्यापिटल लिमिटेडले मात्र एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ प्रस्ताव गरेको थियो ।
मर्चेन्ट वैंकरले एफपीओको दरमा वार्गेनिङ गरेपछि बैंक पछि हटेको हो । बैंकको मूल्याँकनअनुसार एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ थियो । सो दरमा अण्डरराइटिङ नगर्ने भएपछि बैंकले बिहीबार पुनः दोस्रो पत्र पठाइ उनीहरुसंग नयाँ दररेट मागेको थियो ।

मंगलबारसम्म १० वटा मर्चेन्ट बैंकर मिलेर एफपीको अण्डरराइटिङका लागि प्रतिकित्ता २८० रुपैयाँ प्रस्ताव गरेपछि स्वीकार गरेको बैंक स्रोतले बतायो । सञ्चालक समितिबाट पारित भएपछि बैंक एफपीओ निष्कासनका अनुमतिका लागि धितोपत्र बोर्डमा जाने छ ।

बोर्डले पनि प्रतिकित्ता ३१० रुपैयाँमा एफपीओ ल्याउन सहमति दिएको थियो । धितोपत्र बोर्डले निर्धारण गरेकोे बैंकको पुँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य समेतलाई आधार मान्दा बैंकको एफपीओको मूल्य प्रतिकित्ता ३१० निर्धारण गरिएको थियो ।

धितोपत्र बोर्डले १०० प्रतिशत अण्डरराइटिङ गर्न भनेपछि बैंकले मर्चेन्ट बैंकसंग प्रस्ताव मागेको थियो । साधारण सेयर (आईपीओ) को ५० प्रतिशत मात्र अण्डरराइटिङ गरे पुग्छ । तर एफपीओको भने सीमा तोकिएको छैन् ।
बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले १ कराेड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।। एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।

गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.