एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, एक लाखसम्मको राजश्व भुक्तानी गर्न सकिने

  २०७५ जेठ ९ गते १३:२२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)बीच कनेक्ट आईपीएस प्रणालीको संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँगको सहकार्यमा बैंकले १ लाख रुपैयाँसम्मको राजश्व भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।

सम्झौता अन्तर्गत यस बैंकमा खाता रहेका ग्राहकहरुले छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा आफ्नो खाताबाट ई-पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् । सो सुबिधा उपयोग गर्न बैंकका ग्राहकहरुले एक पटकका लागि आफ्नो खाता नं. एनसीएचएल को ई-पेमेन्ट सम्बन्धी वेबसाइटमा दर्ता गराई सो को फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्नेछ । फारम रुजु भए पश्चात १ लाख रुपैयाँसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको पेजमा लगइन गरी राजश्व भुक्तानी गर्न सकिनेछ ।

कम्पनीका अनुसार सो सम्बन्धी विस्तृत विवरण एनसीएचएलको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्तर्गत यस्ता सुविधाहरुलाई भविष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले २१६ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.