सांसद दवाडीको पहिलो तलब शिक्षा क्षेत्रमा खर्च

  २०७५ जेठ ८ गते १४:१७     विकासन्युज

काठमाडौं । प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाउने सेवा सुविधा शिक्षा क्षेत्रमा खर्च गरेका छन् । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडीले आफु निर्वाचित भएपछि पाउने सेवा सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका थिए ।

उनले सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक विद्यालय नाथकोटमा ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट आएको ब्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक, कपि, कलम वितरण गरिने सांसद दवाडीले बताए ।

लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गरेका उनी विसं २०७४ मंसीरमा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.