अखाद्य वस्तु बिक्री गर्ने ११३ व्यवसायी विरुद्ध मुद्दा, १ वर्षसम्म कैद हुन सक्ने

  २०७५ जेठ ८ गते १२:०२     पृथराज थेगिम

काठमाडौं । मुलुकभर अखाद्य वस्तु बिक्री गर्ने ११३ उद्योगी व्यवसायी विरुद्ध सरकारले मुद्दा दायर गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभर गरेको अनुगमनको क्रममा ११३ उद्योगी तथा व्यवसायीहरुले अद्याग वस्तु विक्री गरेको फेला पारेको छ । ती उद्योगी तथा व्यवसायीहरुले अत्यावश्यक खाद्य वस्तु उत्पादन तथा बिक्रीको क्रममा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाढ गरेको भन्दै खाद्य ऐनलाई टेकेर विभागले सम्बन्धीत व्यवसायी विरुद्ध मुद्दा दायर गरेको हो ।


विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले गएको आर्थिक वर्षको नौ महिनाको अबधिमा(चैत महिना) मुलुकभर ११३ उद्योग विरुद्ध मुद्दा दायर गरेको बताए । ‘अनुगमनको क्रममा ती उद्योगी व्यवसायीहरुले खद्याग वस्तु बिक्री गर्दै आएको फेला पारेका छौं,’ उनले भने ‘उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाढ गरी अखाद्य वस्तु उत्पादन तथा बिक्री गरेको कारण विभागले ती उद्योग विरुद्धमा सम्बन्धित जिल्लाहरुमा मुद्दा दायर गरिसकेका छौं ।’

उनको अनुसार दोषी भेटिएका उद्योगी व्यवसायीहरुले भदौपछि संसोधित ऐन अन्तर्गत बढीमा ५ वर्षसम्म जेल सजाय भोग्नु पर्ने र ५० हजार रुपैयाँसम्म जरिबाना बेहोर्नु पर्ने बताए । ‘हाललाई भने बढीमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्मको मात्र जरिबाना सरकारले तोकेको छ,’ उनले थपे ।

विभागले मिठाई उत्पादन गर्नेदेखि तयारी चाउचाउ उत्पादन गर्ने उद्योगी व्यवसायीहरु विरुद्धमा मुद्दा दायर गरेको हो । लड्डुर् उत्पादन गर्ने उद्योग न्यु भवानी स्वीट्स एण्ड चाट उद्योगदेखि सुनसरीको तयारी चाउचाउ उत्पादन गर्ने कम्पनी एशियन थाई फुड्ससम्म सरकारले कारबाहीको दायरामा ल्याएको छ ।

त्यस्तै ललितपुरको नन्दन मिठाइ भण्डार, सोही स्थानको मिल्कमाण्डु डेरी, भक्तपुरको नेचुरल स्प्रिङ वाटर, सोही स्थानको शंखर मिठाइ पशल, काठमाडौंको पिउने पानी उत्पादन गर्ने स्तुपा इण्डष्ट्रिज, बालाजुको दुग्ध विकास संस्थान, बाराको तोरी तेल बिक्री गर्ने एग्रो प्रोशेसिङ एण्ड इण्ड, हेटौडा पाउरोटी उत्पादन गर्ने चुरियामाई बेकरी उद्योग लगायत उद्योगहरु विरुद्ध मुद्दा दायर भएको छ ।

त्यस्तै मुलकभरका विभिन्न गाई भैंसीको दाना, वियर, वर्फी, मिक्स दाल, मख्खन, अमिलो चुक, क्याण्डी, हल्का, कुखुराको दाना, रहर दाल, भेजिटेबल केचप, विस्कुट, सस लगायतका वस्तु उत्पादन गर्ने उद्योग तथा व्यवसायीक कम्पनीहरु सबैलाई मुद्धाको दायरामा विभागले ल्याएको छ ।

ती उद्योग तथा व्यवसायीले उत्पादन तथा बिक्री गरेको खाद्य पदार्थहरु न्यूनगुणस्तर, दुषित, लेबल नभएको अनुसन्धानको क्रममा विभागले फेला पारेको थियो ।

सबैभन्दा बढी अखाद्य तेलमा भेटियाे

विभागले मुद्दा दायर गरिरहँदा सबैभन्दा तेल उद्योगको मुद्दा दायर भएको छ । न्यनून गुणस्तर तेल उत्पादन तथा बिक्री गर्ने २३ उद्योगी व्यवसायी बिरुद्ध सरकारले मुद्दा दायर गरेको हो । ती उद्योगहरुले उत्पादन गरेको तेल न्यून गुणस्तरको रहेको प्रवक्ता वस्तीले बताए ।
त्यस्तै संवेदशील रुपमा रहेको अत्यावश्यक वस्तु पानी र दुधमा पनि त्यस्तै बढी मुद्दा परेको छ ।

उनको अनुसार पानी उत्पादन तथा बिक्री गर्ने १८ र दुध उत्पादन गर्ने १४ उद्योगी व्यवसायी विरुद्ध विभागले मुद्दा दायर गरेको छ । ती उद्योगले उत्पादन गरेको पानी तथा दुध दुषित, न्युनगुणस्तरको रहेको भेटिएको छ ।

जलप्योर ड्रीङ्स वाटर प्राली काठमाडौंदेखि जय हनुमान ड्रीङस वाटर सर्लाहीसम्मकोसम्मको पानी उद्योग, दुग्ध विकास संस्थान बालाजुदेखि नारायणी मिल्क एण्डस प्रालि हेटौंडासम्मको दुध र रौनक आधुनिक तेल उद्योग रुपन्देहीदेखि गणपति वास्मति वनस्पति प्रालि सिमरा बारासम्मका तेल उद्योगहरु मुद्दाको दायरामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.